नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रदेश १ स्तरिय महिला भलिबलको उपाधी ओखलढुङ्गालाई

ओखलढुङ्गान्युज मंशिर १०, ओखलढुङ्गा प्रदेश नं. १ को जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधी जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको टिमले हात पारेको छ । विहिबार भएको फाईनल खेलमा खोटाङ जिल्ला महिला भलिवल टिमलाई हराउदै उपाधी हात पारेको हो ।

उपाधी सँगै ओखलढुङ्गा महिला भलिवल टिमले नगद १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै ओखलढुङ्गासँग पराजित बेहोरेको खोटाङले नगद १ लाख र तेश्रो भएको थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । सान्त्वना स्थान पाएको काकू समावेशी महिला भलिवल टिमले नगद रु २५ हजार सहित ट्रफि र प्रमाणपत्र पाएको ओखलढुङ्गा महिला भलिवल टिमका प्रशिक्षक अविन गुरुङले बताए ।

प्रतियोगितामा रहेको उत्कृष्ट चार विधाको उपाधी समेत ओखलढुङ्गाले हात पारेको छ । उतकृष्ट विधा अन्तर्गत उत्कृष्ट स्पाईकर चन्द्रा बस्नेत, उत्कृष्ट ब्लकर रेस्मी राई, उत्कृष्ट डिफेन्डर प्रतिभा राई र उत्कृष्ट प्रशिक्षक अविन गुरुङ बनेका छन् । प्रदेश स्तरिय जिल्ला महिला भलिबल प्रतियोगितामा ओखलढुङ्गाका २, झापाका २, सोलुखुम्बुका २ र खोटाङ जिल्लाका १ गरि ७ ओटा टिमले सहभागिता जनाएका थिए ।

त्यस्तै स्टार युथक्लब सोलुखुम्बुको स्थापना दिवसको अबसर पारेर आयोजना गरिएको सोलुखुम्बु जिल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगीताको उपाधी निश्चल निशानी निर्माण सेवा प्रालि सोताङले जितेको छ । त्यस्तै प्रतियोगितामा नेचासल्यान गाउँपालिका दोश्रो, सोलु दुधकुण्ड नगरपालिका तेश्रो भएको छ । विजेताहरुले क्रमशः नगद रु १ ला ५० हजार, १ लाख, ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र पाएका थिए । सान्त्वना स्थान प्राप्त गरेको माप्य दुधकोसी गाउँपालिकाले नगद रु २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

खेललाई व्यबस्थित गर्न पहिलो पटक रात्री कालीन भलिबल प्रतियोगीता सञ्चालन गरेको थियो । क्लबको स्थापना दिवसको अबसर पारेर आयोजना गरिएको प्रतियोगितामा विभिन्न चर्चित कलाकारहरुको उपस्थितीमा सांस्कृतिक साँझको समेत आयोजना गरिएको क्लबका खेल संयोजक दिपक किरातीले जानकारी दिए । आगामी दिनमा आयोजना गरिने कार्यक्रमहरुलाई थप व्यवस्थित गर्दै प्रदेश स्तरिय प्रतियोगितामा सबै जिल्लालाई सहभागी गराउने गरि तयारी गरिने पनि किरातीले बताए ।

मंशिर ५ गते देखी सञ्चालन भएको प्रतियोगिता पाँच दिनसम्म चलेको थियो । प्रतियोगिताको प्रदेश नं. १ का अर्थमन्त्री ईन्द्र आङ्बोले उद्घाटन गरेका थिए ।