नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा कांग्रेस सभापतिमा तेजेन्द्र खनाल निर्वाचित

ओखलढुङ्गान्युज मंशिर , ओखलढुङ्गा नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला सभापतिमा संस्थापन पक्षका तेजेन्द्र खनाल निर्वाचित भएका छन् । खनाल निर्वाचित भएसँगै जिल्ला र २ प्रदेश निर्वाचन क्षेत्र भएको ओखलढुङ्गामा संस्थापन पक्षले कार्यसमिति कब्जा जमाएको छ ।

जिल्लामा मंगलबार विवादका बिच अपरान्ह साढे ३ बजे पश्चात सुरु भएको निर्वाचन राति ९ बजे सकिएको थियो । निर्वाचन सकिना साथ मतगणनाको तयारी गरिएको भएपनि बुधबार विहान ३ बजेवाट मात्र मतगणना सुरु भएको थियो । मतगणनाको अन्तिम नतिजा बुधबार मध्यराती घोषणा गरिएको थियो ।

मतपरिणामको अन्तिम नतिजा अनुसार जिल्ला कार्यसमितिमा भने दुवैपक्षको मिश्रित परिणाम देखा परेको छ । जस अनुसार सभापतिमा तेजेन्द्र खनालले ७०१ मत पाएर विजयी भएका छन् । त्यस्तै सभापति पदका प्रत्यासी बालकृष्ण दाहालले ६११ मत मात्र पाएका थिए ।

त्यस्तै उपसभापतिको २ पदमा कमल तामाङ ७८२ मत र नवराज खत्री (केसी) ६५४ मत सहित निर्वाचित भएका छन् । उपसभापति पदका अर्का उम्मेदवार भूपेन्द्र बस्नेतले ६०१ र शान्तिराज खड्काले ४१९ मत पाएका थिए ।

त्यसैगरि सचिवको २ पदमा अजय लुईटेलले ७२१ र राजकुमार ढुङ्गानाले ६८२ मतका साथ विजयी भएका छन् । सचिव पदका अर्का उम्मेदवार विनोद कुमार केसीले ५६९ मत र राजाबाबु किरातीले ४९० मत पाएका थिए । सहसचिवको २ पदमा पनि उज्जन बुढाथोकीले ७१७ मत र भोजकुमार श्रेष्ठले ६७२ मत पाएर विजयी भएका छन् । सहसचिव पदका अर्का उम्मेदवार टेक बहादुर खड्काले ४४९ मत र प्रदिप कुमार बानियाले ६२२ मत मात्र पाएका थिए ।

जिल्ला कार्यसमितिका अन्य पदाधिकारीहरुमा पनि तेजेन्द्र खनाल समूहका तर्फवाट उम्मेदवार रहेकाहरु विजयी भएका छन् । केन्द्रिय महाधिबेशन प्रतिनिधीहरुको भने ८०० मत गणना पश्चात मतगणना स्थगित गरिएको छ । गणना गर्न बाँकी रहेको महाधिबेशन प्रतिनिधीहरुको मतगणना भने विहिबार विहान ९ बजेपछि सुरुवात गरिने नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।