नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गा अधिबेशन अपडेट ः ७ सय मत गन्दा तेजेन्द्रसग मतान्तर घटाउँदै बालकृष्ण

ओखलढुङ्गान्युज । मंशिर ८, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत मंगलबार भएको मतदानको मतगणना जारी छ । अपरान्ह ५:३० बजेसम्म जम्मा ७ सय मतगणना सकिएको छ । विहान १०:३० बजे सम्म ४ सय मतगणना सकेर खाना खानका लागि स्थगित गरिएको मतगणना पुन: दिउँसो २ बजेबाट सुरुवात गरिएको थियो ।

७ सय मतगणना गर्दैगर्दा सभापतिमा खनालसँग दाहालले मतान्तर घटाउँदै गएका छन् । ७ सय मतगणना गर्दा सभापतिका उम्मेदवार तेजेन्द्र खनालले ३४५ मत पाएका छन् भने बालकृष्ण दाहालले ३३४ मत पाएका छन् । ६ सय मतगणना गर्दा २० मत अन्तर रहेकोमा अहिले ७ सय मतगणना गर्दा खनालले दाहाललाई ११ मत अन्तरले मात्र लिड गरेका हुन् ।

त्यस्तै उपसभापतिमा कमल तामाङले ४२७, नवराज केसीले ३३०, भूपेन्द्र बस्नेतले ३०३ र शान्तिराज खड्काले २१९ मत पाएका छन् ।

त्यस्तै सचिवमा अजय लुइटेल ३५०, विनोद कुमार केसी ३०६, राज कुमार ढुङ्गाना ३५० र राजाबाबु किरातीले २६३ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा उज्जन बुढाथोकीले ३७२, टेक बहादुर खड्काले २४२, प्रदिप कुमार बानियाँले ३३२ र भोज कुमार श्रेष्ठले ३२७ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।