नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

कांग्रेस अधिवेशन अपडेट : तेजेन्द्रले गरे सभापतिमा लिड

ओखलढुङ्गान्युज । मंशिर ८, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत मंगलबार भएको मतदानको मतगणना जारी रहेको छ । मतगणना जिल्ला समन्वय समितिको सभाहलमा भैरहेको छ । विहान १०:३० बजे सम्म ४ सय मतगणना सकिएको छ ।

४ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बालकृष्ण दाहालले १८८ मत पाएका छन् भने तेजेन्द्र खनालले २०१ मत पाएका छन् । २ सय मतगणना गर्दा खनाललाई दाहालले ९ मतले लिड गरेका थिए भने थप २ सय मतगणना गर्दा खनालले दाहाललाई १३ मत अन्तरले लिड गरेका हुन् ।

त्यस्तै उपसभापतिमा कमल तामाङले २४०, नवराज केसीले १८४, भूपेन्द्र बस्नेतले १७७ र शान्तिराज खड्काले १३५ मत पाएका छन् ।

त्यस्तै सचिवमा अजय लुइटेल १९६, विनोद कुमार केसी १७१, राज कुमार ढुङ्गाना २२१ र राजाबाबु किरातीले १४७ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा उज्जन बुढाथोकीले २११, टेक बहादुर खड्काले १४५, प्रदिप कुमार बानियाँले १९८ र भोज कुमार श्रेष्ठले १९५ मत प्राप्त गरेका छन् ।