नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा अधिबेशन अपडेट ः २ सय मत गन्दा सभापतिमा लिड गर्दै बालकृष्ण दाहाल

ओखलढुङ्गान्युज । मंशिर ८, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत मंगलबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना ६ स्थानबाट भैरहेको छ । विहान ७:३० बजे सम्म २ सय मतगणना सकिएको छ ।

२ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बालकृष्ण दाहालले १०३ मत पाएका छन् भने तेजेन्द्र खनालले ९४ मत पाएका छन् । २ सय मतगणना गर्दा खनाललाई दाहालले ९ मतले लिड गरेका छन् ।

त्यस्तै उपसभापतिमा कमल तामाङले १२९, नवराज केसीले ९१, भूपेन्द्र बस्नेतले ८६ र शान्तिराज खड्काले ७१ मत पाएका छन् ।

त्यस्तै सचिवमा अजय लुइटेल १०२, विनोद कुमार केसी ८३, राज कुमार ढुङ्गाना ११३ र राजाबाबु किरातीले ७१ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा उज्जन बुढाथोकीले ११०, टेक बहादुर खड्काले ७४, प्रदिप कुमार बानियाँले ९२ र भोज कुमार श्रेष्ठले १०० मत प्राप्त गरेका छन् ।

पहिलो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार जिल्ला कार्यसमितिमा मिश्रित परिणाम आउने देखिएको छ ।