नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा अधिबेशन अपडेट ः सुरु भयो मतगणना

ओखलढुङ्गान्युज । मंशिर ८, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत मंगलबार भएको मतदानको मतगणना सुरु भएको छ । मंगलबार राती ११ बजेबाट नै मतगणना हुने जानकारी गराइए पनि अहिले २ बजेबाट मतगणना सुरु भएको हो ।

मतगणनाको लागि सबै मतपत्रलाइ १००/१०० वटाको प्याक बनाइएको छ । भर्खरै सुरु भएको मतगणना ६ टीममा विभाजन गरि थालनी गरिएको छ । थोरै थोरै मतपत्र धेरै समुहमा विभाजन गरि मतगणना सुरुवात गरेकोले अबको २ घण्टा अर्थात् विहान ४ बजेसम्म मतपरिणाम आइसक्ने बताइएको छ ।