नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

कांग्रेस ओखलढुङ्गा अधिबेशन अपडेट ः ओखलढुङ्गामा मतदान सकियो

ओखलढुङ्गान्युज मंशिर , ओखलढुङ्गा नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला अधिबेशन अन्तर्गत मंगलबार भएको मतदान सकिएको छ । विहान ८ बजे देखी सुरुहुने भनिएको मतदान मतपत्रको विषयमा विवाद हुदा समयमा नै सुरुहुन नसकेपनि अपरान्ह पश्चात मतदान सुरुवात भएको थियो ।

मतदान गर्ने बेलामा नमूना मतपत्र र मतपत्रको कलर एउटै भएको विषयमा विवाद हुँदा मतदान स्थलमा झडप समेत भएको थियो । झडप पश्चात पुनः छलफल गरेर दिउसो करीब साढे ३ बजे पश्चात मतदान सुरु भएको थियो । साँढे ३ बजे सुरु भएको मतदान राती ९ बजे सकिएको हो ।

मतदान सम्पन्न भएपछि अहिले मतपेटिकालाई जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ । मतगणना स्थलमा अहिले सुरक्षा व्यबस्था कडा बनाईएको छ । आज नै केहीबेर पछि मतगणना सुरु हुने बताईएको छ ।

आजको मतदानमा कूल १ हजार ३ सय ५३ मत खसेको छ ।