नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गा कांग्रेस अधिबेशन अपडेट ः मतदान केन्द्रमा झडप

ओखलढुङ्गान्युज । मंशिर ७, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला अधिबेशन स्थलमा झडप भएको छ । झडपका कारण केन्द्रिय महाधिबेशन प्रतिनिधी र जिल्ला कार्य समिति छनौटका लागि मंगलबार विहान ८ बजेदेखी हुने भनिएको मतदान यो समाचार तयार पार्दा सम्म हुन सकेको छैन ।

मतदान हुनुभन्दा अगाडी दुवै पक्ष बसेर मतपत्रको विषयमा छलफल गर्दै गर्दा मतपत्रको विषयमा विवाद उत्पन्न भएको थियो । मतपत्रको विषयमा विवाद हुदा प्रत्यक्ष दुई समूहमा विभाजन भएका कांग्रेसको ओखलढुङ्गाका नेताहरुका विचमा हात हालाहालको अवस्था सृजना भएको हो । विवादका विच केही मुक्कामुक्की चलेपनि अहिले प्रहरीले स्थितीलाई नियन्त्रणमा लिएको छ ।

निर्वाचन स्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो शक्ति तैनाथ गरिएको छ । कांग्रेस जिल्ला अधिबेशनमा जिल्ला कार्य समितिका पदाधिकारी छनौट र महाधिबेशन छनौटका लागि हुने अधिबेशनमा नमूना मतपत्र र मतपत्र एकै किसिमको भएको भन्दै विवाद सुरु भएको हो ।