नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा कांग्रेस अधिबेशन अपडेट ः दुवै क्षेत्रको ४/५ सय मतगणना, को अगाडी ?

ओखलढुङ्गान्युज । मंशिर ६, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत क्षेत्रिय (प्रदेश) अधिबेशनको मतगणनाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । बेलुकी करीब ९ बजेबाट मतगणना सुरु भएकोमा ४ सय मतको गणना सकिएको हो ।

यो समाचार तयार पार्दासम्म निर्वाचन क्षेत्र नङ. १ मा ४ सय र २ मा ५ सय मतगणना सकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ मा सन्तोषबाबु थापाको प्यानल निरन्तर अगाडी बढ्दै जितको नजिक पुगेको देखिएको छ भने निर्वाचन क्षेत्र नं. २ मा भने क्रस मतका साथ मिस्रीत परिणाम देखा परेको छ । केही समय अगाडि सम्म सभापतिमा कुल बहादुर श्रेष्ठले लिड गरेपनि अहिले भने आश्रचन राइले ८ मतका साथ लिड गरेका छन् ।

प्राप्त मतपरिणाम अनुसार ४०० मतगणना सकिदा निर्वाचन क्षेत्र नं.१को सभापतिमा सन्तोषबाबु थापाले २२१ मत पाएका छन् भने होम बहादुर थापाले १५१ मत पाएका छन् ।

त्यस्तै उपसभापतिमा कृष्ण प्रसाद कोइराला – २३५, केशर बहादुर गुरुङ २३६, ङ्वाङनुरी शेर्पा ११४, राजन कुमार दाहालले १२४ मत पाएका छन् ।

त्यसैगरी सचिवमा ऋषि कुमार चौलागाइ २२४, उमंग श्रेष्ठ २३०, कुमार बहादुर कट्वाल १२७, किरण राई १२७ मत प्राप्त गरेका छन् । उता सहसचिवमा पनि दोर्ची शेर्पा २३७, ध्रुव कुमार भट्टराई ११६, पुष्कर थापा २२५, नविन खत्री १२८ मत प्राप्त गरेका छन् ।

उता निर्वाचन क्षेत्र नं. २ तर्फ भने ५०० मतगणना सकिएको छ । जसअनुसार सभापतिमा कुल बहादुर श्रेष्ठ १८४, आश्रचन राइ १९२, उपसभापतिमा विष्णु कुमार कार्की २४४, रुद्र प्रसाद घिमिरे २३३, महेश कुमार केसी १४१, सुर्य बहादुर विडारी ११८ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिव तथा सहसचिवमा पनि आश्रचन राइ को टीमले नै अग्रता लिएको छ ।