नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा कांग्रेस अधिबेशन अपडेट ः दुवै क्षेत्रको १०० मत मतगणना, को अगाडी ?

ओखलढुङ्गान्युज । मंशिर ५, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत क्षेत्रिय अधिबेशनको मतगणना सुरु भएको छ । बेलुकी ७ बजेबाट मतगणना गर्ने भनिए पनि करीब ९ बजेबाट मात्र मतगणना सुरु भएको हो ।

यो समाचार तयार पार्दासम्म दुवै निर्वाचन क्षेत्रका सय-सय मतगणना सम्पन्न भएको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ मा सन्तोषबाबु थापाको प्यानल अगाडी देखिएको छ भने निर्वाचन क्षेत्र नं. २ मा भने क्रस मतका साथ मिस्रीत परिणाम देखा परेको छ । 

प्राप्त मतपरिणाम अनुसार १०० मतगणना सकिदा निर्वाचन क्षेत्र नं.१को सभापतिमा सन्तोषबाबु थापाले ६० मत पाएका छन् भने होम बहादुर थापाले ३२ मत पाएका छन् । त्यस्तै उपसभापतिमा कृष्ण प्रसाद कोइराला – ५९, केशर बहादुर गुरुङ ६२, ङ्वाङनुरी शेर्पा २७, राजन कुमार दाहालले २६ मत पाएका छन् ।

त्यसैगरी सचिवमा ऋषि कुमार चौलागाइ ५७, उमंग श्रेष्ठ ६४, कुमार बहादुर कट्वाल २६, किरण राई ३६ मत प्राप्त गरेका छन् । उता सहसचिवमा पनि दोर्ची शेर्पा ६८, ध्रुव कुमार भट्टराई २३, पुष्कर थापा ६४, नविन खत्री २६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ तर्फ कुल बहादुर श्रेष्ठ ५०, आश्रचन राइ ३८, उपसभापतिमा विष्णु कुमार कार्की ६६, रुद्र प्रसाद घिमिरे ५०, महेश कुमार केसी २५, सुर्य बहादुर विडारी ३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा कल्याण राइ ६०, केशर बहादुर तामाङ ४९, ढुण्डिराज पहाडी ४६, मदन कुमार राई २७ मत प्राप्त गरेका छन् । सहसचिवमा पनि नरध्वज खड्का ४९, नविन कुमार खड्का ५२, पेशल कुमार पराजुली ३५ र सुदिप बुढाथोकीले ४६ मत प्राप्त गरेका छन् । मत गन्ने काम जारी रहेको छ ।