नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा कांग्रेस अधिबेशन अपडेट ः क्षेत्रिय निर्वाचनको मतगणना सुरु

ओखलढुङ्गान्युज मंशिर , ओखलढुङ्गा नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत क्षेत्रिय अधिबेशनको मतगणना सुरु हुन लागेको छ । विहान १० बजेदेखी सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो ।

कांग्रेस ओखलढुङ्गाको क्षेत्रिय अधिबेशन अन्तर्गत आईतवार (आज) भएको मतदानमा दुवै निर्वाचन क्षेत्र गरि कूल १ हजार ३ सय ५८ मत खसेको थियो । जस अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र  ‘क’ मा ६ सय ९० र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा ६ सय ६८ मत खसेको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।

मतगणना सकिएपछि मत पेटिकालाई जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ । क्षेत्रिय निर्वाचनको मतगणनाको तयारी भैरहेको छ । अबको केही समयमा नै मतगणना सुरु हुने कांग्रेस ओखलढुङ्गाले जनाएको छ । मतगणना सुरु भएपछि ३ देखी ४ घण्टामा नै मतगणनाको परिणाम आउनेछ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिदै अहिले मतगणना स्थल वरपरको सुरक्षा व्यबस्थालाई अत्यन्तै कडा पारिएको छ ।