नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा कांग्रेस अधिबेशन अपडेट ः क्षेत्रीय निर्वाचन जारी, कसले मार्ला बाजी ?

ओखलढुङ्गान्युज मंशीर , ओखलढुङ्गा नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशन अन्तर्गत ओखलढुङ्गामा दुवै निर्वाचन क्षेत्रको निर्वाचन यो समाचार पार्दै गर्दा सम्म जारी रहेको छ । विहान १० बजे देखी सुरुवात भएको कांग्रेसको क्षेत्रिय मतदानमा दिउसो २ बजेसम्म ९ सय २० मत खसेको छ ।

कांग्रेसको जिल्ला अधिबेशन अन्तर्गत क्षेत्रिय मतदानमा दुवै प्यानलले आ–आफ्नो समूहले जित्ने दावी गरिरहेका छन् । मतदान प्रकृया जारी रहदै गर्दा निर्वाचन क्षेत्र नं. क मा कुल बहादुर श्रेष्ठको प्यानल (जिल्ला सभापतिका प्रत्यासी बालकृष्ण दाहाल समूह) र निर्वाचन क्षेत्र नं. ख मा सन्तोषबाबु थापाको प्यानल (जिल्ला सभापतिका प्रत्यासी तेजेन्द्र खनाल समूह) अगाडी रहेको विश्लेषण गरिरहेका छन् ।

नेपाली कांग्रेसको १४औं जिल्ला अधिबेशनमा ओखलढुङ्गामा १ हजार ४ सय ४३ प्रतिनिधीहरु म्तदाता रहेका छन् । कूल मतदाता मध्ये निर्वाचन क्षेत्र नं. क मा ७ सय ३८ र निर्वाचन क्षेत्र नं. ख मा ७ सय ५ जना मतदाता रहेको ओखलढुङ्गा कांग्रेसले बताएको छ । कूल मतदाता मध्ये दुवै निर्वाचन क्षेत्रवाट करीब १ हजार ४ सय प्रतिनिधीले मतदान गर्ने अपेक्षा गरिएको छ ।