नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा कांग्रेस अधिबेशन ः दुवै क्षेत्रमा दुई प्यानल बिच भिडन्त

ओखलढुङ्गान्युज । मंशिर ४, ओखलढुङ्गा । ओखलढुङ्गामा नेपाली कांग्रेसको जिल्ला अधिबेशन सुरु भएको छ । कांग्रेसको पहिलो पटक दुबै निर्वाचन क्षेत्रको अधिबेशन जिल्ला सदरमुकाममा एकैपटक हुन लागको हो । जिल्ला अधिबेशन शनिवारवाट ओखलढुङ्गामा सुरु भएको छ ।

शनिवार देखी सुरु भएको प्रदेश क्षेत्रिय अधिबेशनमा जिल्लाका दुवै प्रदेश निर्वाचन क्षेत्रमा दुई समूहका तर्फवाट प्यानलै उम्मेदवारीको दर्ता भएको छ । जिल्लामा सभापतिका दावेदार बालकृष्ण दाहाल र तेजेन्द्र खनाल समूहका बिच कडा प्रतिष्पर्धा हुदैछ । कांग्रेसको क्षेत्रिय अधिबेशनवाट २५–२५ जना प्रत्यक्ष निर्वाचित हुदैछन् । २५ जनाका लागि दुवै क्षेत्रमा ५०–५० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसको जिल्ला अधिबेशनको घोषणा हुनासाथ उम्मेदवारहरुको दावी रहदै गर्दा जिल्लामा सभापतिका प्रत्यासी तेजेन्द्र खनाल समूह बलियो देखिएपनि पछिल्लो समय भने बालकृष्ण दाहालको समूहपनि बलियो रुपमा देखा परेको छ । सभापति प्रदिप कुमार सुनुवार सभापति हुदा असन्तुष्ट देखीएकाहरु अहिले अधिबेशनमा खुलेरै दाहाल समूहमा देखिएका छन् भने सुनुवारको सपोर्ट भने खनाललाई रहेको छ ।

जिल्ला अधिबेशनमा कांग्रेसका आठओटै स्थानीय तहका पार्टी सभापतिहरु खनाल समूहमा देखिएका छन् भने पार्टीका भातृसंगठनका प्रमुखहरु दाहाल समूहमा देखिएका छन् । त्यस्तै २०७४ सालको संघिय तथा प्रदेश निर्वाचनमा बागी उम्मेदवार दिएको भन्दै पार्टीको कार्बाही परेका नेताहरु समेत दाहाल समूहमा देखिएका छन् । यसलेपनि दुवै समूहका विच कडा प्रतिष्पर्धा हुने देखएिको हो ।

१४औं जिल्ला अधिबेशनमा क्षेत्रिय समितिको टुङ्गो आईतवार मात्रै लाग्ने छ । क्षेत्रीय समितिका पदाधिकारी प्रतिनिधी छनौटको निर्वाचन आईतवार विहान ८ बजेवाट हुने नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएका छ । दुवै निर्वाचनका लागि दुइ स्थानमा मतदान स्थलको तयारी गरिएको छ । निर्वाचनमा कांग्रेसका झण्डै १४ सय कार्यकर्ताहरुले मतदान प्रकृयामा सहभागिता जनाउने छन् ।