नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

दुर्घटनाका घाईतेको निशुल्क उपचार गर्न अखिल क्रान्तिकारीको माग

ओखलढुङ्गान्युज मंशिर , ओखलढुङ्गा चम्पादेवी ककनीको दशृन गर्न जानेक्रममा बोलेरो दुर्घटनामा परेका घाईतहरुको निशुल्क उपचार गर्न अखिल क्रान्तिकारी ओखलढुङ्गाले माग गरेको छ । अखिल क्रान्तिकारी ओखलढुङ्गाका अध्यक्ष सुशान्त लामाले दुर्घटनामा परि मृत्यु भएकाहरुप्रति शोक बक्तब्य जारी गर्दै दुर्घटनामा परि घाईते भएकाहरुको निशुल्क उपचारको ब्यबस्था गर्न नेपाल सरकारसँग आग्रह गरेका हुन् ।

गत शोमबार सिद्धिचरण नगरपालिका वडा नं. १० का दर्शनार्थी बोकेर चम्पादेवी ककनीको दर्शन गर्न हिडेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका वडा नं.९ को जौबारीमा दुर्घटना हुदा ४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि गम्भिर घाईते भएका १३ जना मध्ये गम्भिर घाईते भएको ४ जनालाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौं लगिएको थियो भने अन्य घाईतेहरुको अहिले सामुदायीक अस्पताल सोब्रुमा उपचार भैरहेको छ ।

आफ्नो क्षमता भन्दा बढि यात्रु बोकेका कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । क्षमता भन्दा बढि यात्रु बोकेर उकालो चढ्ने क्रममा टर्निङमा चिप्लिदा बोलेरो दुर्घटनामा परेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।