नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

प्रदेश १ मा मुख्यमन्त्री राईले पाए विश्वासको मत

फायल फोटो

ओखलढुङ्गान्युज मंशिर , विराटनगर बुधबार प्रदेश नं। १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको दुईहप्ता नवित्दै मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री राईलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५० परेको थियो भने विपक्षमा २९ मत परेको थियो । मुख्यमन्त्री राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । बुधबार भएको मतदानमा ७९ जना सांसदहरु उपस्थित भएका थिए ।

प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।