नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

राष्ट्रिय अधिबेशनका लागि एमालेको प्रतिनिधी छनौंट सर्बसम्मत, को को परे ?

ओखलढुङ्गान्युज कातिक ३०, ओखलढुङ्गा नेकपा एमाले ओखलढुङ्गाले १० औं राष्ट्रिय महाधिबेशनका लागि सर्बसम्मत रुपमा प्रतिनिधीको छनौट गरेको छ । प्रतिनिधी छनौटका लागि खुला गरिएको आवेदनमा ओखलढुङ्गामा २९ जनाले आवेदन दिएका थिए ।

गत कातिक २३–२४ मा बसेमो एमाले ओखलढुङ्गाको बैठकमा राष्ट्रिय महाधिबेशनका लागि २९ जनाको दावी रहेर सर्बसम्मत हुन नसकेपछि एमालेले सहमतीका आधारमा नै प्रतिनिधी टुङ्गो लगाउने भन्दै बैठकको अन्त्य गरेको थियो । राष्ट्रिय महाधिबेशन प्रतिनिधीमा जानका लागि दावी पेश गरेका २९ जना मध्ये पार्टीको सदस्य नै नभएका र विभिन्न अपराधमा प्रहरीको फरार सूचिमा रहेकाले पनि दावी पेश गरेको भन्दै पार्टी भित्र नै विवाद भएको एक एमाले नेताले बताए ।

विवाद बढ्ने र प्रतिनिधी छनौटमा चुनाव नै गर्नुपर्ने अवस्था आएपछि जिल्ला नेताहरुले डिक्टरसीप लागू गरेका थिए । जसका कारण माथिल्लो तहका नेताहरुले भनेको अरुले मान्नै पर्ने बाध्यता सृजना गरिएको थियो । जसका कारण राष्ट्रिय महाधिबेशनमा प्रतिनिधी जान सिद्धिचरण नगरपालिकाका उपमेयर ईच्छा कुमारी गुरुङ छुटिन् भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकी सुनकोसी गाउँपालिकाकी तारा कार्कीले अवसर पाईन् ।

राष्ट्रिय अधिबेशनमा जान खुल्ला तर्फ २०, महिला तर्फ ८ र दलित तर्फ १ जनाले दावी पेशगरेका थिए । दलित प्रतिनिधीमा ओम दयालको मात्रै दावी रहेकाले उनी सर्बसम्मत भएका थिए । अरु प्रतिनिधीका हकमा भने नेतृत्वको दवावका कारण सहमती प्रतिनिधीको टुङ्गो लगाईएको एमाले एक नेताले बताए ।

एमालेको महाधिबेशनमा ओखलढुङ्गाबाट प्रतिनिधी सिफारिस भएकाहरुमा मोहन कुमार श्रेष्ठ, उत्तम राई, सिताराम गुरुङ, हर्कवोल राई, तिर्थ सुवेदी रहेका छन् । त्यस्तै अरु प्रतिनिधीहरुमा अम्बिर गुरुङ, सुरेश थापा, नानीबाबु बुढाथोकी र केदार पुडासैनी रहेका छन् । महिलावाट भने शकुन्तला राजभण्डारी, शान्ता ढुङ्गेल र तारा कार्की रहेका छन् । जिल्लाका यज्ञराज सुनुवार, किशोर अधिकारी, शंकर बहादुर कार्की र बालकृष्ण ढुङ्गेल भने अधिबेशन आयोजक कमिटिवाटै राष्ट्रिय महाधिबेशनमा सहभागी हुने नेकपा एमाले ओखलढुङ्गाले जनाएको छ ।