नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ककनी दर्शन गर्न हिँडेका यात्रु बोकेको गाडी कटुन्जे मा दुर्घटना, कम्तीमा तीनको मृत्यु

ओखलढुङ्गान्युज । कात्तिक २९, ओखलढुङ्गा । एकादशि बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढुङ्गाबाट ककनी बजार जाँदै गरेको उक्त बोलेर सुनकोशी गाउँपालिका वडा नम्बर ९ को जौबारी भन्ने स्थानमा सडकबाट करिब सय मिटर तल खोल्सामा झरेको वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।

घटनामा परी कम्तीमा चार जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बोलेरोमा कति सवारी थिए र के कति मात्रामा हताहती भएको छ भन्ने बारेमा औपचारिक पुष्टि हुन भने बाँकी छ । घटना थाहा पाउन साथ प्रहरी चौकी कोषहाटबाट नागरिक सहितको टोली घटनास्थलमा भर्खरै पुगेको छ । दुर्घटनामा परेकाहरुको उद्धार कार्य जारी रहेको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका वडा नम्बर १० रुप्सेका मानिसहरु लिएर चम्पादेवी ककनीको दर्शन गर्नका लागि सोमबार बिहानै हिँडेको बताइएको छ । घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।