नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

माओवादी केन्द्रले बनायो ओखलढुङ्गामा पालिका सम्मेलन आयोजक कमिटि

ओखलढुङ्गान्युज । कातिक २७, काठमाण्डौं । नेकपा माओवादी केन्द्र ओखलढुङ्गा–काठमाण्डौं सम्पर्क मञ्चले जिल्लामा पालिका सम्मेलन आयोजक कमिटीको गठन गरेको छ । शनिवार ओखलढुंगा( काठमाडौ सम्पर्क मञ्चको पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित भेलाले पालिका सम्मेलन आयोजक कमिटीको गठन गरेको हो ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा नयाँ पार्टी सदस्यता वितरण र नविकरण गराउने काम शुक्रबार मात्रै सकेको थियो । माओवादी केन्द्रले देशब्यापी रुपमा सदस्यताको नविकरण सगै संगठनको निर्माण, वडा, पालिका, जिल्ला तथा केन्द्रिय सम्मेलनको समेत मिति तय गरेको छ । यसै क्रममा ओखलढुङ्गा काठमाण्डौं सम्पर्क मञ्चको भेलाले पालिका सम्मेलन आयोजक कमिटि निर्माण गरेको हो ।

शनिवार भएको भेलाले सिद्धिचरण नगरपालिकामा भुवन भट्टराई संयोजक र मिनकुमार धमला सचिव रहने गरि सम्मेलन आयोजक कमिटि बनाएको छ । त्यस्तै मानेभञ्ज्याङ गाउपालिकामा युवराज सापकोटा संयोजक, विनोद जेरो सचिव लिखु गाउँपालिकामा तेजबहादुर बयलकोटी संयोजक, पुनाराम बयलकोटी सचिव, तेजबहादुर पोख्रेल संयोजक र शंकर पौडेल सचिव तथा  भोलामणि दहाल संयोजक र खेमराज ढुङेल सचिव रहेको सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ ।

त्यस्तै खिजिदेम्बा गाउँपालिकाको सन्तोष तामाङ संयोजक र सन्तबहादुर तामाङ सचिव, चिसङ्खुगढी गाउँपालिकाको देवराज श्रेष्ठ संयोजक र खिलानाथ भट्टराई सचिव, चम्पादेवी गाउँपालिकामा कृष्णबहादुर थापा संयोजक र आशा राई सह संयोजक तथा सुनकोसी गाउँपालिकामा विष्णु गिरी संयोजक र डिल्लन श्रेष्ठ सह संयोजक रहेको पालिका सम्मेलन आयोजक कमिटि निर्माण गरिएको नेकपा माओवादी केन्द्र, कानून न्याय तथा मानव अधिकार विभागका सदस्य मुकुन्द कार्कीले जानकारी दिए ।