नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

आजबाट १२ औं राष्ट्रिय जनगणना सुरु

ओखलढुङ्गान्युज । कातिक २५, काठमाण्डौं । नेपालमा आजवाट १२ औं राष्ट्रिय जनगणना सुरु हुदैछ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु हुन लागेको हो ।

आज (विहिबार) बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणनाका लागि विभागले देशभर ४० हजार जना गणक खटाएको जनाएको छ ।

तथ्याङ्क विभागका अनुसार जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिनेछन् । त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८ हजार ५ सय जना सुपरीवेक्षक खटिने छन् । ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनेछन् भने कुल ८० प्रश्न सोधिने छ ।  एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउने तथ्यांक विभागले जनाएको छ ।