नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

उद्योग वाणिज्य संघका अध्यक्ष मास्केलाई पत्नी शोक

ओखलढुङ्गान्युज कातिक २४, ओखलढुङ्गा उद्योग वाणिज्य संघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केलाई पत्नी शोक परेको छ । मास्केका श्रीमती कुन्ती श्रेष्ठ (मास्के) को मंगलवार विहान राति असामयीक निधन भएको हो ।

दम तथा मुटु रोगका समस्या भएको श्रेष्ठ (मास्के)लाई शोमबार अपरान्ह अचानक स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि शोमबार राती नै काठमाण्डौं तर्फ लगिएको थियो । काठमाण्डौं लैजाने क्रममा मंगलबार विहान राती ३ बजेतिर काभ्रेको भकुण्डेबेसीमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

बाटामा नै निधन भएपछि उनको शबलाई काठमाण्डौं नै लगिएको थियो । छोरा विदेशमा रहेकोले छोरा आएपछि पशुपती आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गरिने परिवारले बताएको छ । मृतक श्रेष्ठ (मास्के) ३० वर्ष सम्म राष्ट्रिय वाणिज्य बैंकमा निरन्तर सेवा गरि केही बर्ष अगाडी मात्रै सेवा निबृत्त भएकी थिईन् ।