नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

भाइटीकाको उत्तम साईत ११ बजेर २ मिनेटमा

ओखलढुङ्गान्युज  । कातिक १५, काठमाण्डौं । यस वर्षको भाइटीकाको साइत कातिक २० गते ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भाइटीकाको उत्तम साईतको बारेमा निर्णय गर्दै पञ्चाङ्ग निर्णायक समितिले उक्त जानकारी गराएको हो ।

हिन्दू धर्मावलम्बीहरुले तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाउने प्रचलन चल्दै आएको छ । यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर दीर्घायु र समृद्धिको कामना गर्दछन्।

तिहारको यस विशेष दिनमा टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा रहिआएको छ ।