नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

स्वास्थ्य सेवाको प्रदेश स्तरिय बार्षिक समीक्षा गोष्ठि शुरु

ओखलढुङ्गान्युज । कातिक १५, विराटनगर । प्रदेश १ को स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रदेश १ स्तरिय बार्षिक समीक्षा गोष्ठि आईतवारदेखि विराटनगरमा शुरु भएको छ । समीक्षा गोष्ठिमा प्रदेश नं. १ अन्तर्गत १४ ओटै जिल्लाका प्रतिनिधीहरुको सहभागीता रहेको छ ।

मंगलवारसम्म चल्ने समीक्षा कार्यक्रममा प्रदेश जनस्वास्थ्यको सेवा प्रवाह, प्रदेश स्वास्थ्य उपचारात्मक सेवा प्रवाह र प्रदेश आयुर्वेद सेवा प्रवाहका विषयमा प्रस्तुतीकरण र छलफल हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

आईतवार स्वास्थ्य कार्यालयहरुको जिल्लागत प्रस्तुतीकरण र छलफल कार्यक्रम गरिएको निर्देशक वस्नेतले जानकारी दिए । वस्नेतका अनुसार सोमबार जिल्ला अस्पतालहरुको प्रस्तुतीकरण, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर महानगरपालिका लगायत विभिन्न निकायको प्रस्तुतीकरण हुनेछ ।

त्यस्तै मंगलबार १४ जिल्लाका आयुर्वेद कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभागको प्रस्तुती रहने निर्देशक बस्नेतले जानकारी दिए । समीक्षा कार्यक्रमको अन्तिम दिन गुणस्तरिय आयुर्वेद सेवा प्रदान गर्न प्रदेश र स्थानीय तहवीच समन्वय र सहकार्य संवन्धि अन्तरक्रिया कार्यक्रम पनि हुने बताईएको छ ।