नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

पाचौं पंखुकप भलिबलको उपाधी पलापुलाई

ओखलढुङ्गान्युज कातिक १३, मानेभञ्ज्याङ्ग गत मंगलबार देखी मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ४ पंखुमा सञ्चालित खुल्ला वडा स्तरीय पाचौं पंखुकप भलिवलको उपाधी चम्पादेवीले जितेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई हराउदै चम्पादेवी १ पलापुले उपाधीमा कब्जा गरेको हो ।

प्रतियोगीतमा विजेता बनेसँगै पलापुले नगद रु ४० हजार, शील्ड, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेता बन्दै सोलुको नेचा सल्यान गाउँपालिका वडा नं. २ सल्यानले नगद रु २५ हजार, शील्ड मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै तेश्रो हुने सिद्धिचरण नगरपालिका वडा नं. ३ बाँसबोट तथा सिद्धिचरण नगरपालिका वडा नं. ८ लगलगे चौथो भएको छ । तेश्रो हुदै बाँसबोटले रु १० हजार तथा चौथो भएको लगलगेले नगद रु ७ हजार ५ सयका साथै शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगीताको अबधीमा उत्कृष्ट बनेका पलापुका समीप श्रेष्ठलाई नगद रु २ हजार ५ सय, शील्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको गत मंगल प्रदेश नं. १ अर्थ समितिका सभापति मोहन कुमार खड्काले उद्घाटन गरेका थिए भने विजेताहरुलाई मानेभञ्ज्याङ्ग गाउँपालिकाका प्रमुख मोतिराज राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको प्रतियोगिताका खेल संयोजक युवन बाहिङ राईले बताए ।

प्रतियोगिताको सञ्चालनका लागि आर्थिक सहयोग गर्ने मुख्प प्रायोजक निशान राई तथा परिवार यूके, सहप्रायोजक दिनेश राई तथा डेम्बा राई र रु ५ हजार भन्दा बढी आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई कदरपत्र समेत पैदान गरिएको थियो । प्रतियोगितामा सोलु र ओखलढुङ्गाका १७ ओटा टिमले सहभागीता जनाएका थिए ।