नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

एकीकृत समाजवादीको चुनाव चिन्ह कलम

ओखलढुङ्गान्युज । कातिक ११, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विघटन गरेपश्चात चरम अन्तरसंघर्षमा रहेको माधव नेपाल समूहले अदालतले संसद पुनस्थापना गरेसँगै नयाँ पार्टी निर्माण गरेको थियो । नेपाल समूहले नयाँ पार्टी निर्माण गरे पश्चात पार्टीको नाम नेकपा एकिकृत समाजवादी पार्टी राकेको थियो । पछि नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि बनेको नेकपा एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचना आयोगले जनाएको छ ।

आयोगले एकीकृत समाजवादीलाई पनि कम्युनिष्ट पार्टीहरुले प्रयोग गर्दै आएको रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई नै पार्टी झन्डाका रूपमा मान्यता दिएको छ ।