नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

एमाले अधिबेशन अपडेट ः सुनकोशीको अध्यक्षमा पञ्च तामाङ सर्वसम्मत

ओखलढुङ्गान्युज । कातिक १०, ओखलढुङ्गा । नेकपा एमाले सुनकोशी गाउँपालिकाको प्रथम पालिका अधिबेशनवाट पालिका अध्यक्षमा पञ्च तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । गाउँपालिकाको बुधबार सम्पन्न अधिबेशनको बन्दसत्रले तामाङको अध्यक्षतामा सर्वसम्मत नेतृत्वको चयन गरेको हो ।

म्ंगलवार उद्घाटन भएको प्रथम पालिका अधिबेशनमा समयको अभाव भएका कारण देखाउदै वन्दसत्रलाई बुधवार सारिएको थियो । पालिकाको अध्यक्षमा धेरैजनाको आकाक्षा रहेको भएपनि पालिकामा एमालेभित्रको एकता सन्देश दिलाउन भन्दै तामाङको नेतृत्वमा सर्वसम्मत रुपमा पालिका कमिटिको चयन गरिएको सुनकोशी एमालेका एक नेताले बताए ।

बुधबार नै जिल्लाको मोलुङ गाउँपालिका र लिखु गाउँपालिकामा पनि पालिकाका अध्यक्ष सहितका पदाधिकारीहरु सर्बसम्मत चयन भएका थिए । जिल्लाका अन्य पाँचओटा पालिकामा भने मंगलबार नै सर्वसम्मत नेतृत्वको चयन गरिएको थियो ।