नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

एमाले अधिबेशन अपडेट ः मोलुङको अध्यक्षमा खत्री

ओखलढुङ्गान्युज । कातिक १०, रामपुर । नेकपा एमालेको जारी प्रथम मोलुङ गाउँपालिकाको अधिबेशनवाट अध्यक्षमा सञ्जय खत्री निर्वाचित भएका छन् । अधिबेशनको बन्दसत्रमा अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेपनि लामो छलफल पश्चात खत्री सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

मंगलबार सुरु भएको प्रथम अधिबेशनको वन्द सत्रमा अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएपछि सहमतीमा नेतृत्व चयनका लागि भन्दै वन्दसत्र बुधबारका लागि सारिएको थियो । एमाले मोलुङको अध्यक्ष पदका लागि सञ्जय खत्री, हरि कुमार राई, अर्जुन धमला र हेमकला धमलाले उम्मेदवारी दर्ता गराएका थिए ।