नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

एमाले अधिबेशन ः मोलुङमा अध्यक्षमा ४ जनाको दावी, हेमकलाले पनि दिईन उम्मेदवारी

ओखलढुङ्गान्युज । कातिक १०, रामपुर । नेकपा एमालेको ओखलढुङ्गामा पनि पालिका अधिबेशन जारी छ । मंगलबार ५ स्थानीय तहको पदाधिकारी सर्बसम्मत भएका छन् ।

मंगलबारको अधिबेशनवाट चिशंखुगढी, सिद्धिचरण, खिजिदेम्बा, चम्पादेवी र मानेभञ्ज्याङ्गको पदाधिकारीहरुमा सर्बसम्मत भएको हो । त्यस्तै मंगलवार राती सम्म भएको वन्दसत्रले लिखुमा पनि सर्बसम्मत नेतृत्वको चयन गरेको छ । लिखु गाउँपालिकामा राम कुमार आछामी मगरको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन गरिएको हो ।

यता मोलुङमा भने अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । मोलुङको पालिका कमिटिमा हरि कुमार राई र सञ्जय खत्रीले प्यानलै उम्मेदवारी दिएका थिए भने अध्यक्ष पदमा अर्जुन धमलाले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै महिला सहभागीताको विषयमा कतै सम्बोधन नभएको भन्दै अध्यक्ष पदमा हेमकला धमलाले पनि उम्मेदवारी दिएको अधिबेशन स्थलवाट माधव कार्कीले जानकारी दिए ।

अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेपछि विवादित हुने भयले सर्बसम्मत नेतृत्वका लागि छलफल भैरहेको एक नेताले जानकारी दिए । मोलुङको प्रथम पालिका अधिबेशनको उद्घाटन सत्रमा मञ्चमा महिला प्रतिनिधीलाई नबोलाईएको र शुभकामना मन्तव्य दिन महिला प्रतिनिधीलाई नदिईएको भन्दै महिला जनप्रतिनिधी विरोध जनाएका थिए ।