नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

एमाले अधिबेशन अपडेट ः ५ पालिकामा सर्बसम्मत, ३ ओटामा निर्वाचन हुने सम्भावना

ओखलढुङ्गान्युज कातिक , ओखलढुङ्गा नेकपा एमालेको देशव्यापी रुपमा मंगलबार भएको पालिका अधिबेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ । बेलुका ६ बजे भन्दा पछाडी वन्दसत्रको कार्यक्रम सञ्चालन नगर्न पार्टी केन्द्रले सर्कुलर गरेपनि ओखलढुङ्गाका कतिपय स्थानीय तहहरुले बन्दसत्रलाई रातीसम्म जारी राखेका छन् ।

पालिका अधिबेशन अन्तर्गत बन्दसत्रमा चुनावी प्रतिष्पर्धा नै हुनेभएपछि ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले बुधबारसम्मलाई बन्दसत्र स्थगीत गरेको छ भने यो समाचार तयार पार्दै गर्दा लिखु गाउँपालिकाको बन्दसत्र जारी छ । त्यस्तै सुनकोशी गाउँपालिकाले समय अभाव भएको भन्दै बुधबार बन्दसत्र गर्ने जनाएको छ । मंगलबारको पालिका अधिबेशनवाट ओखलढुङ्गाका अरु ५ ओटा पालिकाहरुमा भने अध्यक्ष लगायतका पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

जसअनुसार चिशंखुगढी गाउँपालिकामा जिवन कुमार थापा, खिजिदेम्बा गाउँपालिकामा कोप बहादुर सुनुवार, चम्पादेवी गाउँपालिकामा खेम प्रसाद मिश्र सर्बसम्मत निर्वाचित भएका छन् । त्यस्तै जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा चित्र बहादुर तामाङ र सिद्धिचरण नगरपालिकामा मोहन केसी सर्बसम्मत निर्वाचित भएका छन् ।

मोलुङ गाउँपालिकामा दुई समूहले प्यानल प्रस्तुत गरेपछि बन्दसत्र बुधबारलाई सारिएको हो । त्यस्तै सुनकोशी गाउँपालिकाले पनि बन्दसत्रका लागी मंगलबार समय अभाव भएको भन्दै बुधबारका लागि सारेको छ भने लिखु गाउँपालिकाले पनि अध्यक्ष पदका लागि आकांक्षीहरु धेरै भएको भन्दै सहमती प्रयासका लागि छलफल गर्नुपर्ने भएकोले बन्दसत्र बुधबारसम्म लम्बिने जनाएको छ ।