नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

मोलुङ्गमा अझै यज्ञराजलाई सकस, हरि र सञ्जयको भिडन्त

ओखलढुङ्गान्युज कातिक ९, रामपुर एमालेको पालिका अधिबेसन चलि रहदा ओखलढुङ्गाको मोलुङमा भने सांसद यज्ञराज सुनुवारलाई आफ्नो साख जोगान झनै सकस पर्ने देखिएको छ । उद्घाटन सत्रमा सांसद सुनुवारले चुनावी प्रकृयामा नगई सर्बसम्मत नेतृत्वको टुङ्गो लगाउन अनुरोध गरेपनि वन्द सत्रमा भने दुईओटा समूहले छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रीएपछि सांसद सुनुवारलाई आफ्नो साख जोगाउन सकस पर्ने देखिएको हो ।

पार्टी एकताको संदेश दिनेगरि पालिका अधिबेशन गर्न नेताहरुले जोड दिएपनि मोलुङ्गमा भने दुई समूहले छुट्टाछुट्टै प्यानल सहित चुनावी मैदानमा होमीएका छन् । अध्यक्ष पदका लागि बन्दसत्र अगाडी चारजनाको दावी रहेको भएपनि वन्द सत्रमा भने दुईजनाले मात्रै दावी गरेका छन् । अधिबेशनमा एमाले नेता हरि कुमार राई र सञ्जय खत्रीले छुट्टाछुट्टै प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् । पालिका अध्यक्ष पदका उम्मेदवा नेता राई यस अगाडीका मोलुङ गाउँपालिकाका अध्यक्ष तथा मोलुङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष हुन । त्यस्तै अध्यक्ष पदका उम्मेदवार खत्री भने जिल्ला कमिटीका सदस्य मात्र हुन् ।

यस अगाडी अध्यक्ष पदको दावी गरेका अर्जुन धमलाले हरि कुमार राईलाई समर्थन गरेका छन् भने मित्र सुनुवारले सञ्जय खत्रीलाई समर्थन गर्दै खत्रीको टिमवाट सचिव पदमा उम्मेदवारी दिएका छन् । सुनुवारले खत्रीलाई समर्थन गरेर अगाडी बढेपछि राईलाई चुनाव जित्न कठिन भएको छ । अधिबेशनको बन्द सत्र चलिरहदा दुवै पक्षले आफ्नो प्यानलले नै चुनाव जित्ने दावी गरिरहेका छन् । यद्यपी दुवैपक्षलाई छलफलमा राखी सर्बसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको एमाले जिल्ला उपसचिब मणिराज राईले बताए ।

अध्यक्ष पदका उम्मेदवार राईलाई सांसद एवम् केन्द्रिय सदस्य यज्ञराज सुनुवारको समर्थन रहेको छ भने खत्री केन्द्रिय अध्यक्ष ओली समूहका हुन् । यदि मोलुङमा राईले चुनाव हारेमा सुनुवारको हार हुने विश्लेषण कतिपय नेताहरुको छ । त्यसैले पनि यतिवेला एमाले ओखलढुङ्गाको पालिका अधिबेशनमा सबैको ध्यान मोलुङमा केन्द्रित भएको छ ।