नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

एमाले अधिबेशन अपडेट ः चिशंखुगढीको अध्यक्षमा जीवन थापा निर्वाचित

ओखलढुङ्गान्युज कातिक , ओखलढुङ्गा आज मंगलबार नेकपा एमालेको देशव्यापी रुपमा पालिका अधिबेशन हुदैछ । पछिल्लो जानकारी अनुसार ओखलढुङ्गामा पनि सबै स्थानीय तहहरुमा पालिका अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

उद्घाटन सत्रलाई प्रदेश तथा केन्द्रिय स्तरका नेताहरुले उद्घाटन गरेका छन । अधिबेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउसो १ बजे भर्चुअल माध्यम मार्फत गर्ने भनेपनि प्राबिधिक समस्या देखाउदै केन्द्रिय सदस्य तथा प्रदेश स्तरका नेताहरुले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात जिल्लाका अधिकांश स्थानीय तहहरुमा बन्द सत्र सुरु भएको छ भने केहि पालिकामा चाहि सम्भावित पालिका नेतृत्वको बारेमा विवाद हुदा बन्द सत्र सुरु हुन सकेको छैन ।

यसैक्रममा ओखलढुङ्गाको सबै स्थानीय तहहरुमा बन्दसत्र सुरु भएको नेकपा एमाले ओखलढुङ्गाले जनाएको छ । बन्दसत्र पश्चात चिशंखुगढी गाउपालिकामा भने एमालेले सर्बसम्मत नेतृत्वको चयन गरेको छ । एमालेको प्रथम पालिका अधिबेशनले चिशंखुगढीमा जीवन कुमार थापालाई सर्बसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । जिल्लाका अन्य पालिकाहरुमा भने बन्दसत्र जारी रहेको नेकपा एमाले ओखलढुङ्गाले जनाएको छ ।