नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

आज एमालेको पालिकाको अधिबेशन, अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गर्दै

ओखलढुङ्गान्युज । कार्तिक ९, ओखलढुङ्गा आज मंगलबार नेकपा एमालेले  देशभर स्थानीय गाउँ तथा नगरपालिकाको अधिवेशन गर्दैछ । एमालेले आफ्नो स्थापना पश्चात पहिलो पटक शनिवार देशभरका ७ सय ५३ स्थानीय तहहरुमा एकैपटक अधिवेशन गर्न लागेको हो । पालिका अधिबेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा मंगलबार दिउसो १ बजे उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

मंगलबार हुने पालिका अधिबेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न पार्टी केन्द्रले सर्कुलर गरेको छ । यस अगाडी एमालेले देशैभरका अधिकांस वडाहरुको समेत अधिबेशन सम्पन्न गरेको छ । ओखलढुङ्गामा पनि एमालेले शोमबारसम्म ६८ ओटा वडाहरुको अधिबेशन सकाएको छ । बाकी रहेका केही वडाहरुमा भने पार्टीको सदस्यता लिएका सदस्यहरुको गणपुरक संख्या उपस्थित नभएका कारण स्थगीत भएको थियो ।

पार्टी केन्द्रको सर्कुलर अनुसार ओखलढुङ्गाका ८ ओटै गाउँ तथा नगरपालिकामा मंगलबार नै अधिवेशन गर्नेगरि तयारी सकिएको नेकपा एमालेका जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार सबै स्थानीय तहहमा सर्बसम्मत नेतृत्व चयनका लागि प्रयास गरिएको छ । पहिलो अधिबेशन भएकाले स्थानीय तहहरुमा समेत धेरैको नेतृत्वमा दावी रहेको छ । तथापी सर्बसम्मत रुपमा नै नेतृत्वको चयन गर्नेगरि ओखलढुङ्गा एमालेका शीर्ष नेतृत्व विच छलफल चलिरहेको छ ।

जिल्लाका ८ ओटै पालिकामा प्रत्येक पालिकावाट प्रत्यक्ष निर्वाचित भएर ७५ जना आउनेछन् । प्रत्येक पालिकाका वडा अध्यक्ष पालिका कमिटिमा पदेन सदस्य हुनेछन् । तर पालिकाका कमिटि भित्र हुने कुनै निर्वाचनमा भोट दिने अधिकार भने रहनेछैन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । राष्ट्रिय अधिबेशनको उद्घाटनसत्र नारायणघाट र बन्दसत्र सौराहामा गर्नेगरि तयारी थालेको छ ।