नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

मध्यपहाडी लोकमार्ग सिन्धुलीको बलेनीमा पहिरो, सवारी साधन अबरुद्ध

फाईल तस्वीर

ओखलढुङ्गान्युज । कातिक ८, काठमाण्डौं । आईतवार राति मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्ड अन्तर्गत पर्ने गोलञ्जोर गाउँपालिकाको बलेनीमा पहिरो गएको छ । पहिरोका कारण काठमाण्डौंवाट ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु तर्फ आएका र ति जिल्लावाट काठमाण्डौं तर्फ गएका यातायातका साधनहरु बिचमा नै अलपत्र परेका छन् ।

आईतवार राति करीब १ बजेतिर पहिरो गएको सिन्धुली प्रहरीले जनाएको छ । पहिरोका कारण सिन्धुली सडक खण्ड भएर आवतजावत गर्ने सयौं गाडी बीच बाटोमै रोकिएका छन् । रातिदेखि सडक बन्द हुँदा रातमा यात्रा गर्ने यात्रुले गाडीमै बसेर रात कटाएका छन् ।

आईतवार राति देखी अबरुद्ध भएको पहिरोलाई शोमबार विहानै देखी डोजरको प्रयोग गरेर खुलाउने प्रयास भैरहेको छ । उक्त स्थानमा ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।