नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

आज एमालेको वडा तहको अधिबेशन, अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गर्ने

ओखलढुङ्गान्युज । कार्तिक ६, काठमाण्डौं । आज अर्थात शनिवार नेकपा एमालेले  देशभर वडा अधिवेशन गर्दैछ । एमालेले आफ्नो स्थापना पश्चात पहिलो पटक शनिवार देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा एकैपटक अधिवेशन गर्न लागेको हो ।

वडा अधिबेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर ओलीले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको हो । वडा अधिबेशनको उद्घाटनका लागि प्रत्येक वडामा कम्प्युटर र प्रोजेक्टरको व्यबस्था गरिएको छ ।

शनिवार हुने वडा अधिबेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न पार्टी केन्द्रले सर्कुलर गरेको छ । यस्तै आउँदो कातिक ९ गते ७ सय ५३ पालिकामा अधिवेशन गरि नयाँ नेतृत्व चयन गर्ने एमालेको तयारी छ ।

पार्टी केन्द्रको सर्कुलर अनुसार ओखलढुङ्गाका ७५ ओटै वडाहरुमा अधिवेशनको तयारी सकिएको नेकपा एमालेका जिल्ला अध्यक्ष मोहन कुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार प्रबिधिको सम्भव भएसम्मका वडाहरुमा केन्द्रिय अध्यक्षको भर्चुअल सम्बोधन हेर्न सुन्न सक्ने व्यबस्था गरिएको छ । देशभरका सबै वडाहरुमा एकैपटक अधिबेशनको तयारी भएको भएपनि केहिदिन अगाडीको भारी वर्षातका कारण समस्यामा परेको वाढी प्रभावित केही जिल्ला र वडाको अधिबेशनको समय भने केहि पछाडी सार्ने पनि एमालेले तयारी गरेको छ ।

एमालेको अधिवेशनवाट स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई जना चयन हुनेछन् । त्यस्तै गाउँ÷नगरपालिका – ७५, उपमहानगरपालिका – ८५, महानगरपालिका – १०१ सदस्य चुनिनेछन् । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।