नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

सिन्धुपाल्चोकमा १० मिनेटमा दुई वटा भूकम्पको धक्का

ओखलढुङ्गान्युज । कात्तिक १, काठमाडौँ । सोमबार दिउँसो सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ । जिल्लाको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्‍याग्निच्‍युडको दुई भुकम्प गएको हो । यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४.३ म्‍याग्निच्‍युडको भूकम्प गएको थियो ।

अनलाइनखबरबाट