नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

किसान पाईप कम्पनीवाट ओखलढुङ्गाका दुईजना व्यवसायी सम्मानीत

ओखलढुङ्गान्युज असोज २०, ओखलढुङ्गा किसान पाईप प्रोडक्टस प्रालिले ओखलढुङ्गाका दुईजना व्यबसायीलाई सम्मान गरेको छ । शोमबार ओखलढुङ्गामा आयोजित एक औपचारिक कार्यक्रमका बिच आफ्नो पार्टनरको रुपमा रहेका ओखलढुङ्गाका नमूना हार्डवयर सेन्टरका प्रोपाईटर भुवन खत्री र सिद्धिविनायक हार्डवयर एण्ड सप्लायर्सका प्रोपाईटर योगेश्वर अधिकारीलाई सम्मान गरेको हो ।

कम्पनीको बजार प्रबर्धन समेत गर्ने उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका एरिया सेल्स मेनेजर विकास लामिछाने र सेल्स अफिसर उमेश पनेरुले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रममा बजार ब्यबस्थापक लामिछानेले ओखलढुङ्गामा दक्ष प्लम्बरहरुको कमी देखिएकोले कोहि ईच्छुकहरु भएमा उनीहरुलाई तालिम प्रदान गरि कम्पनीले रोजगारी दिलाउने बताए । प्लम्बरको तालिम लिन ईच्छुक व्यक्ति २० जना भन्दा कम भएमा जिल्ला बाहिर र २० जना सम्म भएमा ओखलढुङ्गामा नै सिटिईभिटीसँग समन्वय गरेर तालिम प्रदान गर्न सकिने बताए ।

सिप सिक्न ईच्छुकहरुको लागि तालिम अबधीमा नै तालिमसँगै रोजगारीको समेत ब्यवस्था गर्ने बताए । आफ्नो कम्पनीका लागि समेत दक्ष प्लम्बरहरुको आवश्यकता परेकोले सिप सिकेका प्लम्बरहरुलाई कम्पनीले नै रोजगारीको व्यबस्था गर्ने समेत बताए । सिप नभएर रोजगारीको अवसर नपाएका युवाहरु नेपालमा धेरै रहेको भन्दै सिप सिकेमा कुनैपनि ठाउँमा गएर काम गर्न सजिलो हुनका साथै बैदेशिक रोजगारका नाममा विदेशमा भौतारिनु नपर्ने समेत बताएका थिए ।

२०५० सालमा स्थापना भएको किसान पाईप प्रोडक्ट्स प्रालिले देशभरका ७० भन्दा बढि जिल्लामा आफ्नो बजार विस्तार गरिसकेको छ । कम्पनीले ओखलढुङ्गामा पनि बजार विस्तार गरेसँगै ओखलढुङ्गाका बेरोजगार युवाहरुलाई पनि रोजगारी दिलाउने खालका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्नका लागि सहभागीहरुले अनुरोध गरेका थिए ।