नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

जापानको १००औं प्रधानमन्त्रीमा फुमिओ किशिदा

ओखलढुङ्गान्युज । असोज १९, काठमाण्डौं । जापानको १००औं प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन् । सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी ९एलडीपी० ले किशिदालाई अघिल्लो साता संसदील दलको नेतामा चयन गरेको थियो । संसदिय दलको नेता चयन भएसँगै शोमबार उनी १००औं प्रधानमन्त्री भएका हुन् ।

६४ वर्षीय किशिदा यसअघि विदेशमन्त्रीको रूपमा काम गरेका थिए । विदेशमन्त्रीको रुपमा कार्यरत किशिदा निवर्तमान प्रधानमन्त्री योशिहिदे सुगाको उत्तराधिकारी बनेका थिए । निर्वाचित भए लगत्तै किशिदाले टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्वपूर्ण कार्य गर्ने बताए ।

कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र बाहिर सरकारको विरोध हुँदै आएको थियो।