नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कुन्तादेवीको रेडियो श्रोता समूहले बुझायो पालिका र वडा अध्यक्षलाई ध्यानाकर्षण

ओखलढुङ्गान्युज असोज १३, ओखलढुङ्गा बुधबार कुन्तादेवी साझाबोली रेडियो श्रोता समूहले वडा अध्यक्ष प्रदिप कुमार वानिया र वडा अध्यक्ष मार्फत गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । साझाबोली रेडियो श्रोता समूहले नजिकिदै गरेको चाडवाडलाई लक्षित गर्दै विभिन्न विषयमा ध्यानाकर्षण गराएको हो ।

समूहका सदस्यहरुले बुझाएको ध्यानाकर्षण पत्रमा कोरोना संक्रमणको त्रासका कारण बन्द रहेको विद्यालय सञ्चालन हुदै गर्दा विद्यायल सञ्चालन भएपनि शिक्षकहरु फेशबुक र टिकटकमा मात्र व्यस्त भएको र पढाईलाई ध्यान नदिएको उल्लेख छ । मोलुङ गाउँपालिकाका अधिकांश विद्यालयका शिक्षकहरुमा यस्तो समस्या देखिएको र विद्याार्थीको पठनपाठनमा वेवास्ता गरेको भन्दै आवश्यक अनुगमन गरि नियमित पठनपाठन हुने व्यबस्थाका लागि ध्यानाकर्षण गराईएको छ ।

त्यस्तै नजिकिदै गरेको चाडवाडलाई लक्षित गर्दै बजारमा म्याद गुज्रिएको सामानको विक्रि वितरण हुने भएकोले तत्काल प्रभावकारी अनुगमन गर्न एवम् स्वास्थ्य चौकीहरुमा औषधी अभाव हुदा नागरिकहरुले पाउने सेवामा समस्या भएको भन्दै तत्काल औषधीको व्यबस्था गर्न समेत ध्यानाकर्षण गराईएको छ ।  वर्तमान अबस्थामा वडामा देखिएका विभिन्न विषयलाई समेटेर वडा अध्यक्ष र गाउँपालिकाका प्रमुखको ध्यानाकर्षण गराएको हो ।

रेडियो श्रोता समूहको तर्फवाट बुझाईएको ध्यानाकर्षणको विषय कुन्तादेवीको मात्र समस्या नभएर समग्र गाउँपालिका भरिकै समस्या भएकोले पालिकाका सबै स्थानमा आवश्यक अनुगमन गरि निर्देशन दिन र कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण पत्र बुझाईएको समूहका सचिव उज्वल धमलाले बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै वडा अध्यक्ष प्रदिप कुमार वानियाले समूहका तर्फवाट उठाईएको विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको बताएका थिए । ध्यानाकर्षण पत्रलाई बुधबार हुने गाउँपालिकाको बैठकमा पेश गर्ने र आफूले पनि आवश्यक अनुगमन र निर्देशन दिने प्रतिबद्धता जनाएको सचिब धमलाले बताए ।