नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

ओखलढुङ्गामा नेकपा (एकिकृत समाजवादी)को अध्यक्षमा वाग्ले, ७५ सदस्यीय जिल्ला कमिटि

ओखलढुङ्गान्युज असोज ११, ओखलढुङ्गा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ओखलढुङ्गाको अध्यक्षमा हंशराज वाग्ले चयन भएका छन् । शोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको एकिकृत समाजवादीको बैठकले वाग्लेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ ।

जिल्ला कमिटिको जिम्मेवारी पाउनेहरुमा उपाध्यक्षमा मेख बहादुर खड्का, मावर सुनुवार र निर्मला श्रेष्ठ रहेका छन् भने सचिवको जिम्मेवारी भने नरेन्द्र श्रेष्ठले पाएका छन् । त्यस्तै सहसचिवहरुमा दिपक फुयाल, कमल खड्का, सन्जिव गुरुङ, रामकुमार सुवेदी र कलावती राई रहेको उपाध्यक्ष मेख बहादुर खड्काले जानकारी दिए । भर्खरै भएको नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचनमा पदाधिकारी पदमा महिलालाई नल्याएको बहस चलिरहदा एकिकत समाजवादीले जिल्ला कार्य समितिको कार्यकारिणी पोष्टमा महिलालाई समावेश गराएको छ । 

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली रहदा ओखलढुङ्गामा बनेको नेकपा एमालेको समानान्तर कमिटि एकिकृत समाजवादीमा विलय भएको छ । समानान्तर कमिटिमा रहेका केही नेताहरु भने पुन एमालेमा नै फर्किएका छन् । जिल्ला कमिटिमा परेका सदस्यहरुको नामावली भने मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने पनि खड्काले जानकारी दिए ।

बैठक तथा जिल्ला कमिटि घोषणा नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य नेत्र प्रसाद भट्टराईको उपस्थितीमा भएको हो ।