नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा १ सहित प्रदेश १ मा थपिए ३२७ जना संक्रमित

ओखलढुङ्गान्युज असोज ११, विराटनगर शोमबार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ओखलढुङ्गाका १ सहित ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण पुष्टि भएको हो । ओखलढुङ्गामा भने ८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

प्रदेश १ मा आज २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा १२६ महिला र ११४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २  पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।