नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

फेरि बढ्न थाल्यो ओखलढुङ्गामा कोरोना संक्रमित

ओखलढुङ्गान्युज । असोज १०, ओखलढुङ्गा । ओखलढुङ्गामा पुन कोरोना भाइरसका संक्रमित थपिन थालेका छन् । आईतवार पछिल्लो २४ घण्टामा २ जना संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पुन २६ पुगेको छ ।

आईतवार पछिल्लो २४ घण्टामा १२ जनाको एन्टिजेन परीक्षण गर्दा सिद्धिचरण नगरपालिकाका २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तका अनुसार आईतवार जना कोरोना संक्रमित निको भएका छन् ।

सक्रिय संक्रमित मध्ये २ जना संस्थागत र २४ जना होम आईशोलेसनमा रहेको पनि सूचना अधिकारी पन्तले बताए । आईतबार २ जना थपिएसँगै ओखलढुङ्गामा कोरोना भाइरस संक्रमित हुनेको कूल संख्या २ हजार १ सय ७७ पुगेको छ ।