नेपाली समय Loading...२०८१ बैशाख ३१ सोमबार

कांग्रेस अधिबेशन अपडेट ः मानेभञ्ज्याङ्ग र सुनकोशीमा पनि सहमती

ओखलढुङ्गान्युज । असोज १०, ओखलढुङ्गा । शनिवार हुन नसकेको सुनकोसी गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिकाको नेपाली कांग्रेसको पालिका सभापतिमा सहमती जुटेको छ । सहमती अनुसार सुनकोसी गाउँपालिकामा विष्णु बहादुर खड्का र मानेभञ्ज्याङ्ग गाउँपालिकामा देव बहादुर पुलामी मगर सर्बसम्मत सभापतिमा निर्वाचित भएका हुन् ।

शनिवार नै सम्पन्न हुनुपर्ने अधिबेशनमा नेतृत्वमा टुङ्गो नलागेका कारण आईतवारलाई सरेको थियो । आईतवार यो समाचार तयार गर्दै गर्दासम्म बाकी रहेका दुवै पालिकाका सभापतिमा सहमती जुटेको नेपाली कांग्रेस ओखलढुङ्गाका सचिव रुद्र प्रसाद अधिकारीले बताए । सचिब अधिकारीका अनुसार सभापतिमा सहमती जुटेपनि अन्य पदाधिकारीमा भने अझैसम्म सहमती जुट्न सकेको छैन ।

पदाधिकारीमा सहमती जुट्न नसक्दा अधिबेशन अझै लम्बिने संकेत देखा परेको छ । दुबै पालिकाका बाँकी पदाधिकारीहरुमा पनि सहमतीको प्रयास भैरहेको र सहमतीमा नै नेतृत्वको चयन गर्नेपनि सचिब अधिकारीले बताए ।