नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गामा कांग्रेसको पालिका अधिबेशन, सबै पालिकामा प्यानल प्रतिष्पर्धाको तयारी

ओखलढुङ्गान्युज असोज , ओखलढुङ्गा आज शनिवार नेपाली कांग्रेसको ओखलढुङ्गा सहित ४० भन्दा बढि जिल्लामा स्थानीय नगर तथा पालिकाहरुको अधिबेशन हुदैछ । धेरै स्थानीय तहहरुमा सहमतीको प्रयास सहित अधिबेशन गराउने प्रयास भैरहेको र कतिपय स्थानहरुमा भने निर्वाचन प्रणाली मार्फत नै अधिबेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

यसैक्रममा ओखलढुङ्गाका ८ ओटै स्थानीय तहहरुमा पनि आज शनिवार नेपाली कांग्रेसको अधिबेशन सम्पन्न हुदैछ । स्थानीय तहमा हुने निर्वाचनका लागि अहिले कांग्रेसको दुई खेमाले प्रष्ट रुपमा नै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । केहि स्थानीय तहहरुमा भने प्यानल नै नभएपनि खेमा बनाएर चुनावी मैदानमा जादैछन् । अहिले जिल्लामा मुख्यतः आठखोटै स्थानीय तहहरुमा संस्थापन पक्ष  र पौडेल÷कोईराला पक्षबीच प्यानल नै प्रतिष्पर्धा हुन लागेको हो ।

जिल्लाका आठओटै स्थानीय तहमा हुने अधिबेशनका लागि निर्वाचन अधिकृत खटाएर सम्बन्धित पालिकामा पठाईसकिएको कांग्रेस सभापति प्रदिप सुनुवारले जानकारी दिए । केन्द्रमा दुई खेमा देखिएपनि ओखलढुङ्गामा भने तिनपक्षका विचमा चुनावी प्रतिष्पर्धा हुने एक कांग्रेस नेताले बताए । जिल्लामा अहिले सभापति प्रदिप कुमार सुनुवार, बालकृष्ण दाहाल र नेता रामहरि खतिवडा पक्षधरहरुविच चुनावी रस्साकस्सी चलेको ती नेताको भनाई छ ।

सभापतिमा कुन् पालिकामा को को ?

८ स्थानीय तहमध्ये बिशेषतः एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा अहिले सबैको ध्यान खिचिएको छ । नगरपालिका पछि मोलुङ गाउँपालिका, खिजिदेम्बा र मानेभञ्ज्याङ्ग गाउँपालिकामा कांग्रेसको अधिबेशनले सबैको ध्यान तानेको छ । सिद्धिचरण नगरपालिकामा प्रेम गुरुङ र निवन्द श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । गुरुङ संस्थापन पक्षका उम्मेदवार हुन् भने श्रेष्ठ पौडेल कोइराला खेमाबाट चुनावी मैदानमा छन् । यहाँको सभापतिको उम्मेद्वार गुरुङ सभापति प्रदिप कुमार सुनुवार निकट हुन् भने १४ औं जिल्ला अधिबेशनकासभापतिका प्रत्यासी उम्मेदवार तेजेन्द्र खनालको पालिका हो ।

मोलुङमा गोपी कार्की र महेन्द्र कार्कीले प्रतिस्पर्धा गर्दैछन् । गोपी कार्की संस्थापन पक्षका हुन् भने महेन्द्र संस्थापन इतरका हुन्  । यो गाउँपालिका कांग्रेसको १४ औं जिल्ला अधिबेशनका प्रत्यासी सभापति बालकृष्ण दाहालको गाउँपालिका हो ।

त्यस्तैमानेभञ्ज्याङ्ग गाउँपालिकामा देव पुलामी मगर र राजकुमार राई मैदानमा छन् । राई संस्थापन इतरका उम्मेदवार हुन् । यो काँग्रेस नेता रामहरि खतिवडाको गाउँपालिका पनि हो । उनको समर्थन देव पुलामी मगरलाई रहेको बताइन्छ ।

खिजीदेम्वामा रामुकुमार सुनुवार र मानबहादुर महतराबीच प्रतिस्पर्धा छ । सुनुवार संस्थापन पक्षका उम्मेदवार हुन् भने महतरा लाई संस्थापन इतर समुहले अघि सारेको छ ।

एता चिशंखुगढीमा गोपालमान थापा र काजीमान राई चुनावी मैदानमा छन् । थापा संस्थापन हुन् भने राई संस्थापन इतरका उम्मेदवार हुन् । चम्पादेवीमा विष्णु पुलामी र भूवन राउत मुख्य दावेदार हुन् । लिखुमा कुमार सुवेदी र रमेश घिमिरेबीच प्रतिस्पर्धा छ । सुनकोसीमा विष्णुबहादुर खड्का र हरिचन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा छ ।