नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ग्रामिण महिला जागरण सञ्जालको अध्यक्षमा चोचरा निर्वाचित

ओखलढुङ्गान्युज । असोज ७, ओखलढुङ्गा । ग्रामिण महिला जागरण सञ्जाल (जेएमजीएस) ओखलढुङ्गाको जिल्ला अध्यक्षमा चोचरा मास्के निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न सञ्जालको २७ औ वार्षिक साधारण सभा तथा १० अधिबेशनले मास्केको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्य समितिको चयन गरेको हो ।

सञ्जालका अन्य निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा कोपिला खतिवडा, कार्यकारी सचिब लक्ष्मी कार्की, सहसचिव विमला नेपाली, कोषाध्यक्षमा मिरा दाहाल लगायत रहेको सञ्जालका कार्यक्रम संयोजक विमला धमलाले जानकारी दिईन् । २०५० सालमा स्थापना भएको ग्रामिण महिला जागरण सञ्जालले विशेषगरी महिला माथि हुने लैङ्गिक हिंसाको विरुद्धमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

महिला विरुद्ध हुने लैङ्गिक हिंसा नियन्त्रणका लागि प्राथमिकतामा रहि कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि सञ्जालले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक निर्माणका क्षेत्रमा पनि साझेदारी दातृ निकायको सहयोगमा कार्यक्रम गर्दै आएको छ ।