नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

संविधान दिवसमा अस्पतालका बिरामी र कारागारका कैदीलाई फलफुल वितरण

ओखलढुङ्गान्युज । असोज ३, ओखलढुङ्गा । संविधान दिवस २०७८ को अबसर पारेर सामुदायीक अस्पताल सोब्रुका विरामी र जिल्ला कारागार ओखलढुङ्गाका कैदीबन्दीहरुलाई फलफुल वितरण गरिएको छ । दिवसको अबसर पारेर फलफुल वितरण कार्यक्रम जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको हो ।

जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सामुदायीक अस्पतालका ८५ जना विरामी र कारागारका कैदीवन्दीहरुलाई फलफुल वितरण गरेको ओखलढुङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताए । फलफुल वितरण तथा जिल्लाका उच्च पदपस्थ व्यक्तिको भेटघाटबाट अस्पतालका विरामीको आत्मविश्वास बढाउन प्रेरणा मिल्ने अध्यक्ष मास्केले विश्वास व्यक्त गरे ।

फलफुल वितरण कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्दना राई, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोबिन्दराज काफ्ले लगायत बिभिन्न सरोकारवाला ब्यक्तीहरुको सहभागीता थियो ।

संविधान दिवशको अवसरमा आईतबार बिहान जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका पदाधिकारीहरुले सिद्धिचरण नगरपालिका वडा नं ११ स्थित जाल्पा मन्दिर परिसरमा सरसफाइ पनि गरेका छन् । दिवसको अबसरमा शनिबार बेलुका जिल्लामा दीप प्रज्वलन समेत गरिएको थियो ।