नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गामा सक्रिय कोरोना संक्रमितको सख्या २८, बुधबार ५ थपिए

ओखलढुङ्गान्युज । भदौ ३०, काठमाण्डौं । ओखलढुङ्गामा पछिल्लो दिनमा कोरोना भाईरस संक्रमण हुनेको संख्या शून्यमा झर्दै गर्दा पुन संक्रमितहरु फेला पर्न थालेका छन् । ओखलढुङ्गामा बुधबार मात्र नयाँ ५ जना कोरोना भाईरस सक्रमित थपिएका छन् ।

बुधबार थपिनेहरुमा सुनकोशी गाउँपालिकाका ४ जना र सिद्धिचरण नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए । बुधबार थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ हजार १ सय ५८ पुगेको छ ।

संक्रमित मध्ये २ हजार १ सय ११ जना निको भएका छन् । बुधबार मात्रै ४ जना संक्रमितले संक्रमणलाई जितेका छन् । अब ओखलढुङ्गामा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या २८ रहेको छ । सक्रिय संक्रमित सबै होम आईशोलेसनमा रहेको सूचना अधिकारी पन्तले जानकारी दिए ।