नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा गाडी दुर्घटना, १ को मृत्यु ९ जना घाईते

ओखलढुङ्गान्युज भदौ २७, ओखलढुङ्गा आईतवार दिउसो जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा ओखलढुङ्गावाट काठमाण्डौं तर्फ जादै गरेको टाटा सफारी दुर्घटनामा परेको छ । गाडी दुर्घटना हुदा गाडीमा सवार १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने चालक सहित ९ जना घाईते भएका छन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ ठूलाछापमा रहेको स्वयमसेवी अभियान नेपालले प्रयोग गर्ने गरेको बा ११ च ५२१० नम्बरको उक्त सवारी मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ मितेरी भञ्ज्याङ्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । प्रहरी प्रमुख काफ्लेका अनुसार दुर्घटनामा परि गाडीमा सवार बारा जिल्ला स्थायी घर भएका बर्ष ४० का पृथ्वी वहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो ।

त्यस्तै घटनामा परि घाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. २ का चालक वर्ष ३० का केशव कटवाल, काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं. ११ का वर्ष ३८ का मानकाजी तामाङ, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीका वर्ष २६ का टेक बहादुर योगी, योगीका श्रीमती वर्ष २० को हिरामाया योगी घाईते भएका छन् । त्यस्तैगरि घाईते हुनेहरुमा रामेछाप जिल्ला वेतालीका वर्ष २८ की राधिका योगी, उनका छोरा बर्ष १२ का अभिषेक योगी, वर्ष ४ का निरज योगी, वर्ष १ की छोरी अनुषा योगी र लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका वर्ष १० का प्रभात गिरी रहेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

घाईते भएकाहरु मध्ये ४ जनालाई उद्धार गरि उपचारका लागि एम्बुलेन्स मार्फत काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । त्यस्तै अन्य घाईते भएका ५ जनालाई भने यो समाचार तयार पार्दै गर्दा हेलिकम्प्टर मार्फत काठमाण्डौं पठाउने तयारी भैरहेको छ । घाईते सबैको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।