नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ मा शनिवार थपिए २ सय ७ संक्रमित, ३ को मृत्यु

ओखलढुङ्गान्युज भदौ २६, विराटनगर प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ का ५ सय १४ जनाको पीसीआर परीक्षण गर्दा १ सय १७ र ५ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । बाकीको एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरि प्रदेश नं. १ मा शनिवार २ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ७९ जना महिला र १ सय ९ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।