नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

रुम्जाटारमा युनियन लाईफ ईन्स्योरेन्सको एजेन्सी कार्यालय स्थापना

ओखलढुङ्गान्युज । भदौ २६, ओखलढुङ्गा । युनियन लाईफ ईन्स्योरेन्स शाखा कार्यालय ओखलढुङ्गाले सेवा ग्राहीको हितलाई मध्यनजर गर्दै जिल्लाको रुम्जाटारमा एजेन्सी कार्यालयको स्थापना गरेको छ । शनिवार एक औपचारिक कार्यक्रमका बिच रुम्जाटारमा एजेन्सी कार्यालयको स्थापना गरेको हो ।

गत २०७७ माघ १५ देखी ओखलढुङ्गामा आफ्नो व्यबसाय सुरुवात गरेको युनियन लाईफले आफ्ना सेवा ग्राहीहरुको हितलाई मध्यनजर गर्दै एजेस्सी कार्यालय विस्तार गरेको जिल्ला शाखा प्रमुख तेज प्रसाद ढकालले बताए । शाखा विस्तारको क्रममा युनियन लाईफ ओखलढुङ्गामा स्थापना भएको छोटो समयमा नै उत्कृष्ट विमा कलेक्सन गरेको भन्दै आर्थिक वर्ष २०७७/७८ मा ओखलढुङ्गा शाखा सम्मानित भैसकेको छ ।

एजेन्सी कार्यालयको विस्तारसँगै युनियन लाईफले जिल्लाका सबै स्थानीय तहका एक घर एक नागरिक जिवन विमा गराउने योजना अन्तर्गत जागरण अभियान सञ्चालन गर्ने तयारी समेत गरेको छ । योजना अनुसार युनियन लाईफ ओखलढुङ्गा शाखाले आफ्नो व्यबसायलाई तिब्रता दिएको जिल्ला शाखा ओखलढुङ्गाका प्रमुख ढकालले बताए । युनियन लाईफको हालसम्म देशभर २ सय ४ ओटा शाखा मार्फत सेवा दिईरहेको छ ।