नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

चट्याङका कारण ६ जना बेहोस, दर्जन बढी घर र पशु चौपाया क्षति

ओखलढुङ्गान्युज भदौ २१, ओखलढुङ्गा ओखलढुङ्गामा गएराती भिषण वर्षातसँगै परेको चट्याङ्गका कारण ७ जना बेहोस भएका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा ७ जना बेहोस भएका हुन भने दर्जन बढिको संख्यामा पशुचौपायाहरु मरेका छन् ।

चट्याङ्गलागेर बेहोस भएका मध्ये ४ जनाको पछिल्लो अबस्था सामान्य रहेको र तिन जनाको अबस्था भने गम्भिर रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिए । चट्याङले लागेर विष्णु कुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भिर रहेको वडा अध्यक्ष धमलाले बताए । वडा अध्यक्ष धमलाका अनुसार गम्भिर अबस्थामा रहेका तिनैजनालाई उपचारका लागि अहिले सामुदायीक अस्पताल सोब्रु पु¥याईएको छ । चट्याङ लागेर बेहोस भएका टंक कुमारी दाहाल, भेष कुमारी दाहाल र गुण कुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको स्थानीयले बताएका छन् ।

चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति गरेको छ । आधा दर्जन बढि दुहुना भैसी, गाई, बाछो, खसी बाख्राहरु मरेको वडा अध्यक्ष धमलाले बताए । घटनाको बारेमा जानकारी हुनासाथ अहिले जिल्ला प्रहरी कार्यालयवाट प्रहरीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । यो समाचार तयार पार्दै गर्दा प्रहरीको टोली र वडा अध्यक्ष समेत घटनास्थल तर्फ जादै रहेका छन् । घटनाको क्षतिको विस्तृत विवरण भने आउन बाकी रहेको छ ।