नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

ओखलढुङ्गामा नेकपा (एकिकृत समाजवादी)को कार्यालय स्थापना

ओखलढुङ्गान्युज भदौ २०, ओखलढुङ्गा आईतवार ओखलढुङ्गामा नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादीले) पार्टी कार्यालयको उद्घाटन गरेको छ । नेकपा (एकिकृत समाजवादीले) नेकपा एमालेको तत्कालीन समानान्तर कमिटीलाई नै रुपान्तरण गर्दै कार्यालयको स्थापना गरेको हो ।

कार्यालयको शुभारम्भ कार्यक्रममा बोल्दै एकिकृत समाजवादीका जिल्ला अध्यक्ष नेत्र प्रसाद भट्टराईले नेकपा एमाले विभाजन भएर एकिकृत समाजवादी नबनेको भन्दै यो विद्रोह र आन्दोलनको पुनर्गठन भएको बताए । एमालेलाई अध्यक्ष केपी शर्मावलीले विसर्जन तर्फ लगेकोले आफुहरुले नेता माधव कुमार नेपालको नेतृत्वमा एकिकृत समाजवादी गठन गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनको बाटोमा अघि बढाएको बताए ।

ंत्यस्तै एकिकृत समाजवादीका प्रदेश सदस्य हंशराज वाग्लेले विभाजनको संघारमा रहेको एमालेलाई एकता गराउने नाममा केही अगुवा नेताहरुले विचौलीया बनि समस्या सृजना गरेको बताए । पार्टीका विचौलीयाहरुका कारण केही नेतृत्व गर्ने नेताहरुमा तत्काल समस्या सृजना भएपनि एमाले विसर्जन तर्फ उन्मुख भएकोले उनीहरुक अन्ततः एकिकृत समाजवादी नै फर्कने दावी गरे । तत्काल केही समस्या भएपनि एकिकृत समाजवादी जनताको मनमनमा स्थापित भएरै छाड्ने उनको दावी छ ।

कार्यालयको शुभारम्भ कार्यक्रममा नेता मेख बहादुर खड्का, मावर सुनुवार तथा नेकपा माओवादी केन्द्र ओखलढुङ्गाका सचिवालय सदस्य रुपेश शाक्य लगायतले शुभकामना व्यक्त गरेका थिए । एकिकृत समाजवादीले पार्टी कार्यालयको शुभारम्भ गरेसँगै जिल्लाका सबै स्थानीय तहसम्म पार्टी संगठन विस्तार तथा भातृसंगठनहरुको समेत पुनर्गठन गर्ने जनाएको छ ।